FAQs Complain Problems

सूचना तथा समाचार

अमरगढी नगरपालिकाको नगर प्रोफाईल।

ऐतिहासिक पृष्ठभूमि
डडेल्धुरा जिल्लाको सदरमुकामसमेत रहेको अमरगढी नगरपालिका समुद्र सतह देखि १८६० मिटर(६२०० फिट) को उचाइमा रहेको छ । नेपाल एकीकरणमा हस्ती मानिने राष्ट्रिय विभूती अमरसिंह थापाले पश्चिम क्षेत्रमा वीरतापूर्वक लडाई गरी सफलता हासिल गरेका थिए । यसै शिलसिलामा थापाले डोटेली फौजलाई पराजित गरेर डोटी राज्यलाई पनि विशाल नेपाल अधिराज्यमा गाभे पछि यस भू–भागको सुशासनलाई अझ थप सुदृढ र विस्तार गर्नको लागि अमरसिंह थापा यस क्षेत्रका प्रमुख प्रशासक भएर आएका थिए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी काँगडा सम्म पनि विजय अभियानलाई सफलता प्राप्त गर्नका लागि यस जिल्लाको सदरमुकाममा अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन । यस किल्लालाई आधार मानी वरपरका क्षेत्रहरू पनि विजय हाँसिल गरेका हुन भन्ने इतिहास छ । 
यस किल्लाको निर्माण बिशाल बुट्टा कुँदिएका ढुङ्गाद्वारा कलात्मक तरिकाले गरिएको छ । शत्रुलाइ छल्ने तथा युद्धमा सफलता प्राप्त गर्नका लागि बाहिरबाट हेर्दा गोलो आकारमा र भित्रबाट तीनकुने आकारमा बनेको छ । किल्लाको बिचभागमा प्राचिन उग्रभैरव मन्दिर रहेकोले यस किल्लाको ऐतिहासिक, धार्मिक र सामाजिक महत्व रहेको छ  । यसरी ऐतिहासिक र धार्मिक महत्व बोकेको अमरगढी किल्ला पर्यटकीय दृष्टिकोणले यस क्षेत्रकै बिशिष्ट महत्व बोकेको क्षेत्र हो । यसै किल्लाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण गरिएको हो ।

Supporting Document: