FAQs Complain Problems

सूचना तथा समाचार

स्वागतम

संक्षिप्त परिचय

नेपालको  सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्य पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्यको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो ।

अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा अमरसिंह थापाद्धारा निमार्ण गरिएको विशाल ढुङ्गे किल्लालाई जिवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।

 जिल्लाको प्राशासनिक विभाजन
 
 प्रदेस नम्बर - ७ 
 विकास क्षेत्र - सुदुरपश्चिमाञ्चल
 प्रदेश - पहाडी 
 अंचल - महाकाली 
 जिल्ला - डडेल्धुरा
 न.पा. - अमरगढी (वडा संख्या-११)

Photo: